गृहपृष्ठ कांग्रेसले बनायो- अर्थतन्त्र केन्द्रीत विशेष समिति

कांग्रेसले बनायो- अर्थतन्त्र केन्द्रीत विशेष समिति

nepalli congress party office_news karobar

नेपाली कांग्रेसले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न  ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालयमा मन्त्री, राज्यमन्त्री, संसदीय दलमा अर्थमन्त्रालयको संयोजन तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका व्यक्तिहरू रहेको कांग्रेसले जनाएको छ ।

समितिमा पूर्वअर्थमन्त्री महेश आचार्य,  ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का,डा. मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशमसेर राणा सदस्य छन् ।

यस्तै याेजना आयोगका पूर्वउपाध्यक्षहरू डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखेरल र डा. स्वर्णीम वाग्ले पनि समितिका सदस्य छन् ।

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु