गृहपृष्ठ स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पु‑याएको छ । कोरोनाभाइरसको समयमा स्वास्थ्य पूर्वाधार विकास तथा अन्य कार्यका लागि बढी बजेट आवश्यक पर्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बढाएर विनियोजन गरिएको जानकारी दिए ।

सरकारले स्वास्थ्यकर्मीको ५ लाख रुपैयाँको निःशुल्क बिमा गर्ने भएको छ । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै सबै स्वस्थ्यकर्मीको ५ लाख रुपैयाँबराबरको निःशुल्क बिमा गर्ने जानकारी गराएका हुन् ।

त्यस्तै स्वास्थ्य बिमा ४० प्रतिशत नागरिकमा पु‑याउने लक्ष्य सरकारले लिएको छ । त्यसका लागि अर्थमन्त्रीले ७ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको यो तेस्रो बजेट हो ।

सरकारले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ भने स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु