गृहपृष्ठ स्वास्थ्यकर्मीलाई ५ लाखको निःशुल्क बिमा

स्वास्थ्यकर्मीलाई ५ लाखको निःशुल्क बिमा

सरकारले स्वास्थ्यकर्मीको ५ लाख रुपैयाँको निःशुल्क बिमा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै सबै स्वस्थ्यकर्मीको ५ लाख रुपैयाँबराबरको निःशुल्क बिमा गर्ने जानकारी गराएका हुन् । अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको यो तेस्रो बजेट हो ।

त्यस्तै स्वास्थ्य बिमा ४० प्रतिशत नागरिकमा पु‑याउने लक्ष्य सरकारले लिएको छ । त्यसका लागि अर्थमन्त्रीले ७ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको यो तेस्रो बजेट हो ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु