गृहपृष्ठ सांसद विकास कोषको खर्च नभएको रकम कोभिड १९ कोषमा

सांसद विकास कोषको खर्च नभएको रकम कोभिड १९ कोषमा

सांसद विकास कोष भनेर चिनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको हालसम्म खर्च नभएको रकम कोभिड १९ उपचार कोषमा जाने भएको छ । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी सांसद विकास कोषको खर्च नभएको रकम कोभिड १९ उपचार कोषमा लैजान सकिने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार स्थानीय तहहरूले कार्यक्रम कार्यान्वयन गर्दा चालू आवका लागि छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक अर्थात निर्वाचित सांसदले अरू सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड १९ कोषमा जम्मा गर्न सक्नेछन् । ‘यस्तो रकम असार १५ गतेसम्म जम्मा गरिसक्नुपर्नेछ,’ अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘यसले कोभिड १९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग पुग्नेछ ।’

कोषका लागि छुट्टिएको कति रकम खर्च भएको छैन भन्नेबारे यकिन भएको छैन ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु