गृहपृष्ठ घरेलुका कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ
घरेलुका कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ
बाराको घरेलु तथा साना उद्योग कार्यालय कलैयाका कार्यालय सहयोगी खेमराज चौधरी १० हजार घुस रकमसहित पक्राउ परेका छन् । करारमा कार्यरत चौधरी होटल सञ्चालन लागि अनुमति पत्र बनाइदिनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले चौधरीलाई घुसबापतको रकम लिइसकेको अवस्थामा रकमसहित उनकै कार्यालयबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित समय २१:१० बजे

















