गृहपृष्ठ सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन ६ सय रूपैयाँ बढ्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन ६ सय रूपैयाँ बढ्यो

नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज एकैदिन तोलामा ६ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । हिजो मंगलबार तोलाको ९२ हजार २ सयमा सुनको कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि निरन्तर उकालो लागेको छ । बुधबार तेजाबी सुन ९२ हजार तीनसय ६० रुपैया प्रतितोला कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । असली चाँदीको मूल्य प्रतितोला एक हजार पाँच रुपैयाँमा पुगेको छ ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु