गृहपृष्ठ सुनको मूल्यले बनायो ऐतिहासिक कीर्तिमान, तोलाको १ लाख १ हजार नाघ्यो

सुनको मूल्यले बनायो ऐतिहासिक कीर्तिमान, तोलाको १ लाख १ हजार नाघ्यो

नेपालमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । एकैदिन १६ सय रुपैयाँले बढेर बुधबार सुनको मूल्य तोलाको एक लाखभन्दा माथि पुगेको छ । मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारका लागि छापावाला सुनको मूल्य एक लाख एक हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर बुधबार तोलाको एक लाख ९ सय पुगेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले नेपालमा पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ । नेपालका केही महिनायता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ ।

चाँदीको मूल्य ६५ रुपैयाँले बढेर  आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु