गृहपृष्ठ मापदण्डविपरीत ह्विलचियर खरिद गरेको भन्दै अख्तियारमा उजुरी

मापदण्डविपरीत ह्विलचियर खरिद गरेको भन्दै अख्तियारमा उजुरी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा अपांगता भएकाहरुका लागि ह्विलचियर खरिद गर्दा मापदण्ड पूरा नगरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी दर्ता गरिएको छ । उजुरीमा भीमदत्त नगरपालिकाको अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समितिका संयोजक सुशीला चन्दको संयोजकत्वमा गठित समितिको निर्णयका आधारमा खरिद गरिएका २५ वटा ह्विलचियर पूर्ण अशक्त र अति अशक्त अपांगता भएका व्यक्तिले प्रयोग गर्न नसक्ने र प्रयोग गरे पनि दुर्घटना हुने खालका भएको उल्लेख छ ।

समितिको जेठ २९ गतेको निर्णयबमोजिम ह्विलचियर खरिद गरिएको थियो । खरिद गरिएका सबै ह्विलचियर विश्व स्वास्थ्य संगठन र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपांग पुनःस्थापन निर्देशिका मापदण्डविपरीत रहेको ह्विलचियर प्रयोगकर्ताको आरोप छ । भीमदत्त नगरपालिका र आदित्य फार्मेसी महेन्द्रनगरबीच असार १७ गते भएको सम्झौतापत्रको बुँदा नम्बर २ अनुसार ह्विलचियर उपलब्ध नगराइएको उजुरीमा उल्लेख गरिएको छ । अर्कै कम्पनीको, गुणस्तरहीन र अस्पतालमा बिरामी यताउता गर्नेखालको ह्विलचियर खरिद गरी मिलोमतोमा आर्थिक अनियमितता भएको देखिएको भन्दै उजुरीमा छानबिनको माग गरिएको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु