गृहपृष्ठ सुनको मूल्य निरन्तर उकालो
सुनको मूल्य निरन्तर उकालो
चाडपर्व नजिकिँदै जाँदा नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लाग्ने क्रममा छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:३५ बजे

















