गृहपृष्ठ सशस्त्र प्रहरी जवान १७ हजार ६ सय घुस रकमसहित अख्तियारको नियन्त्रणमा
सशस्त्र प्रहरी जवान १७ हजार ६ सय घुस रकमसहित अख्तियारको नियन्त्रणमा
सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत चौहानलाई १७ हजार ६ सय घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
घरायसी प्रयोगका लागि काठदाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा बर्दिबासबाट गएको अख्तियार टोलीले चौहानलाई नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । चौहानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित समय १२:१२ बजे

















