गृहपृष्ठ सात सय रुपैयाँले घट्यो सुनको मूल्य

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार १ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने ७ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी १५ रुपैयाँ घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु