गृहपृष्ठ सुनको मूल्य लगातार ओरालो, आजको मूल्य कति ?

सुनको मूल्य लगातार ओरालो, आजको मूल्य कति ?

बुधबारयता सुनको मूल्य लगातार ओरालो झर्ने क्रम जारी छ । आज पनि सुनको मूल्य चार सय रुपैयाँ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यो मूल्य ९४ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो

बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्य सामान्य घटेको छ । शुक्रबार चाँदी ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु