गृहपृष्ठ बुधबार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
मंगलबार १ हजार ५ सय रुपैयाँले उकालो लागेको सुन बुधबार ७ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँ घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित समय १०:५७ बजे

















