गृहपृष्ठ दुई दिनमा १६ सय रुपैयाँ घट्यो सुनको मूल्य
दुई दिनमा १६ सय रुपैयाँ घट्यो सुनको मूल्य
सुनको मूल्य लगातार ओरालो लागेको छ । बुधबार ७ सय रुपैयाँले घटेको सुन बिहीबार ९ सय रुपैयाँले ओरालो लागेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ३५ रुपैयाँ घटेर १ हजार २ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:१० बजे

















