गृहपृष्ठ छडको अस्वाभाविक मूल्यवृद्धिपछि वाणिज्य विभागको चासो

छडको अस्वाभाविक मूल्यवृद्धिपछि वाणिज्य विभागको चासो

Iron_NewsKarobar

निर्माण सामग्रीहरू फलामे छड र सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि हुन थालेपछि वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर चासो देखाउँदै सम्बद्ध उद्योगीहरूलाई बोलाएर छलफल गरेको छ । विभागले सोमबार फलामे छड उद्यमी/व्यवसायीहरूलाई बोलाएर अस्वाभाविक मूल्यवृद्धिबारे प्रश्न सोधेको थियो ।

‘अधिकांस उद्योगी/व्यवसायीले अन्तर्राष्ट्रिय स्तरमै एमएस बिलेट (फलामे छडको कच्चा पदार्थ)को मूल्य बढेकाले यहाँ फलामे छडको पनि मूल्य बढेको बताए पनि प्रतिकिलो २० रूपैयाँभन्दा अधिकको मूल्यवृद्धि स्वभाविक देखिएन,’ विभागका एक अधिकारीले भने, ‘एमएस बिलेटको अन्तर्राष्ट्रिय खरिद मूल्यसहित स्थानीय उत्पादन लागतसहित पेश गर्न विभागले निर्देशन दिएको छ ।’

एक महिनाकै अन्तरमा फलामे छडको मूल्य प्रतिकिलो ७५ रूपैयाँबाट ९५ रूपैयाँ पुगेको छ भने ओपीसी सिमेन्टको पनि मूल्य ६५० रूपैयाँबाट ७ सय रूपैयाँ पुगेको छ ।

विभागले एक साताभित्र मूल्यसहित पुनः उद्योगीहरूलाई छलफलमा बोलाएको विभागले जानकारी दिएको छ ।

प्रकाशित समय १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु