गृहपृष्ठ सुनको मूल्य लगातर उकालो, तीन दिनमा २२ सय रूपैयाँ बढ्यो

सुनको मूल्य लगातर उकालो, तीन दिनमा २२ सय रूपैयाँ बढ्यो

gold-price-hike-newskarobar

तीन दिनयता सुनको मूल्य लगतार उकालो लागिरहेको छ । सोमबार र मंगलबार गरी १९ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार पनि ३ सय रूपैयाँले उकालो लागेको हो । तीन दिनमा सुन २ हजार २ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधाबार चाँदी ५ रूपैयाँ बढेर १३ सय ४० रुपैयाँ मूल्य तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु