गृहपृष्ठ नेपाल विकासोन्मुख राष्ट्रमा ग्रयाजुएट नहुँदा नै फाइदा : गोल्छा
नेपाल विकासोन्मुख राष्ट्रमा ग्रयाजुएट नहुँदा नै फाइदा : गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल अतिकम विकसित मुलुक रहनुमा फाइदा रहेको बताएका छन् । ‘विकासोन्मुख राष्ट्रको सूचीमा ग्रयाजुएट हुनुभन्दा अतिकम विकसितको सूचीमै रहनु फाइदाजनक छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने ।
विकासोन्मुखमा स्तरोन्नति हुँदा वैदेशिक सहयोग कम पाइने भएकाले अहिले तयारी रोक्न महासंघले आग्रह गरेको छ । माथि गइसकेपछि कमर्सियल ऋण लिएर काम गर्नै नसकिने गोल्छाको तर्क छ । ‘स्तरोन्नतिपछि कर्जा र सहुलियत रोकिन्छ,’ मन्त्रालयमा उनले भने, ‘त्यसकारण आम्दानीको स्तरमा उल्लेखनीय सुधार नभएसम्म स्तरोन्नति हुन हुँदैन ।’
नेपालले सन् २०२१ मा ग्रयाजुएट हुने तयारी पाँच वर्षअघिदेखि थालेको हो । नेपालले हालसम्म ग्रयाजुएट हुने तीन आधारमध्ये प्रतिव्यक्ति आयबाहेक अरु मापदण्ड पूरा गरिसकेको छ । बंगलादेशले सन् २०२४ मा ग्रयाजुएट गर्ने तयारी गरेको छ ।
प्रकाशित समय १४:४९ बजे

















