गृहपृष्ठ खातामा पैसा नभई १० लाखको चेक दिने पक्राउ
खातामा पैसा नभई १० लाखको चेक दिने पक्राउ
सांकेतिक तस्बिर
खातामा पैसा नभई १० लाख रुपैयाँको चेक दिने कृष्णलाल ढोला पक्राउ परेका छन् । चेक बाउन्स भएको भन्दै सुभकुमारी मगरले जाहेरी दिएपछि ढोला काठमाडौंको अनामनगरबाट पक्राउ परेका हुन् ।
ढोलाविरुद्ध बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ मंसिर २३ गते १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । ढोला अदालतको आदेश नमान्दै काठमाडौं अनामनगर क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए ।
उनलाई प्रहरीले आइतबार प्रकाउ गरी सार्वजनिक गरेको छ । ढोलाले खातामा रकम छैन भन्ने जानी‑जानी जाहेरवालालाई झुक्यानमा पारी ज्योति विकास बैंक ललितपुर शाखाको १० लाख रुपैयाँको चेक दिएको प्रहरीले जनाएको छ ।
बैंक खातामा पर्याप्त मौज्दात रकम नभई चेक दिएकोले भुक्तानी हुन नसकेको भन्दै अदालतले बैँकिङ कसुरजन्य अपराध गरेको ठहर गरेको छ । ढोलाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रकाशित समय ०७:०७ बजे

















