गृहपृष्ठ बुधबार सुनचाँदीको मूल्य स्थिर

बुधबार सुनचाँदीको मूल्य स्थिर

मंगलबार  १ हजार ५ सय रूपैयाँले उकालो लागेको सुन बुधबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्य अर्थात ९१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि मंगलबारकै मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु