गृहपृष्ठ दुई दिनमा सुनको मूल्य २ सय रूपैयाँ घट्यो
दुई दिनमा सुनको मूल्य २ सय रूपैयाँ घट्यो
आइतबार १ सय रूपैयाँ घटेको सुन आज पनि १ सय रूपैयाँले घटेको छ । दुई दिनमा सुन २ सय रूपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार २ सय कायम गरिएको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ३४० पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १ हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:३८ बजे

















