गृहपृष्ठ समृद्ध नेपाल बनाउन निर्माण व्यवसायी एक हुनुपर्छ : प्रधानमन्त्री

समृद्ध नेपाल बनाउन निर्माण व्यवसायी एक हुनुपर्छ : प्रधानमन्त्री

kp-oli-newskarobar फाइल तस्बिर

सुखी नेपाली र समृद्ध नेपालका लागि निर्माण व्यवसायी एक हुनुपर्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् । निर्माण व्यवसायी संगठनको एकता घोषणा सभामा उनले एकताका लागि सरकारले आवश्यक सहयोग गर्नेसमेत बताए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एकता घोषणा सभामा प्रधानमन्त्री ओलीले भने, ‘निर्माण व्यवसायीको एकता र सहयोगबिना समृद्ध नेपालको सपना पूरा हुँदैन, निर्माण व्यवसायीको कतिपय काम गर्न म्याद थप्ने प्रस्ताव आएको छ, यस विषयमा संसदमा छलफल गरेर निर्णय लिन्छु ।’

‘निर्माण व्यवसायीको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ नेपाल निर्माण उद्योग परिषद र नेपाल राष्ट्रिय निर्माण संगठनबीच एकता भएको हो । दुई संगठन मिलेर नेपाल निर्माण व्यवसायी संगठन बनेको छ । नवगठित संगठनमा ९९ केन्द्रीय सदस्य छन् । एकजना संयोजक र दुईजना उपसंयोजक छन् । यस्तै, १६ जना सल्लाहकार सदस्य संगठनमा छन् । संगठनको साधारणसभा असोज ४ गतेदेखि ६ गतेसम्म चल्नेछ ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु