गृहपृष्ठ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ राणा

सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ राणा

व्यवसायी शिद्धार्थ शमशेर जबरा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएका छन् । शनिबार। आन्तरिक राजस्व विभागले उनलाई लगातार पाँचौं पटक सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।

त्यसै गरी सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रा.लि., निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्ने डाबर नेपाल प्रा.लि., उद्योग क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने हिमाल पावर कम्पनी, कृषि तथा पशु उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने प्रोआयोटिक कम्पनी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेज, सूचना प्रविधिमा एफ वान सफ्ट कम्पनी, पर्यटन क्षेत्रमा तारागाउँ रिजेन्सी, व्यापार व्यवसायमा सिप्रदी ट्रेडिङ कम्पनी सम्मानित भएका छन् ।

 

यी हुन् सर्वाधिक कर तिर्ने करदाता

सबैभन्दा धेरै आयकर- सूर्य नेपाल प्रालि
व्यक्तिगत आयकर- सिद्धार्थ शमशेर
निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्ने- डाबर नेपाल
उद्योग क्षेत्रमा सबैभन्दा बढी आयकर- हिमाल पावर कम्पनी
कृषि तथ पशुउद्योगतर्फ बढी कर तिर्ने – प्रोआयोटिक कम्पनी
सहकारी लघुवित्त- छिमेकी लघुवित्त कम्पनी
बैंक वित्त संस्था- नबिल बैंक
बिमा कम्पनी – नेपाल पुर्नविमा कम्पनी
स्वास्थ्य तथा शिक्षा- नोबेल मेडिकल कलेज
सूचना प्रविधि – एफ वान सफ्ट कम्पनी
पर्यटन क्षेत्र-तारागाउ रिजेन्सी
व्यापार व्यवसाय- सिप्रदी ट्रेडिङ कम्पनी
४० करोड कारोबार- नेपाल इन्भेष्टमेन्ट प्रालि
४० करोडदेखि ८० सम्म कारोबार – नेपाल स्टक एक्स्चेन्ज
मूल्य अभिवृद्धि कर समयमै बुझाउने र धेरै तिर्ने- घोराइ सिमेन्ट

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु