गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल १०८ रूपैयाँ प्रतिलिटर
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल १०८ रूपैयाँ प्रतिलिटर
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र ग्यासमा २/२ रूपैयाँ घटाएको हो ।
समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ तथा डिजेल र मटितेल प्रतिलिटर ९५ रूपैयाँ भएको छ । यसअघि, पेट्रोल प्रतिलिटर ११० तथा डिजेल र मटितेल प्रतिलिटर ९७ रूपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावतै छ ।
प्रकाशित समय २१:२४ बजे

















