गृहपृष्ठ नेप्से १४ अंकले बढ्यो, रविन्द्र भट्टराई भन्छन्- पालुवा पलाउन थाल्यो

नेप्से १४ अंकले बढ्यो, रविन्द्र भट्टराई भन्छन्- पालुवा पलाउन थाल्यो

share-market-newskarobar

साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक १४ अंकले बढेको छ । आइतबार नेप्सेको अनलाइन सिस्टममा आएको खराबीका कारण कारोबार प्रभावित भए पनि सामान्य बढेको बजार सोमबार १४.२८ अंकले उकालो लागेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १७१ कम्पनीको ४० करोड २८ लाख रुपैयाँबराबरको १३ लाख ४७ हजार ४८ कित्ता सेयर किनबेच भयो । यसअघि २०–२५ करोडको कारोबारमा सेयर बजार सीमित थियो ।

गत साताको बुधबारदेखि नै सेयर बजारले सकारात्मक दिशा लिएको छ । तरलता समस्यामा सुधारको संकेतसँगै ब्याजदर घट्न सक्ने देखिएपछि लगानीकर्ताको मनोबल बढेको छ । सेयर विश्लेषकहरुले पनि सेयरको सिजन सुरु भएको संकेत गरेका छन् ।

सेयर विश्लेषक रविन्द्र भट्टराईको फेसबुक स्टाटस

वातावरणको कुरा गर्नेले भए अलिक छिटो हरियो पलायो जलवायु परिवर्तनको असर भन्थे होला । सिजन सुरु हुन लागेको हो । जस्तोसुकै खडेरी लागे पनि वसन्त ऋतु लागेपछि पालुवा पलाउन सुरु गर्छ । वसन्त ऋतु सुरु हुनै लाग्दा नेप्सेमा पनि पालुवा पलाउन सुरु भएको छ । सेयर किन्नलाई पात झर्ने बेला किन कुर्ने पालुवाबाटै आनन्द लिदै जाउँ । अन्य खर्च, लगानी थाँती राखेर सिजनको फल टिप्नका लागि अघि बढ्दा राम्रै नतिजा निस्केला । इतिहास बिर्सन सकिँदैन – सेयरको सिजन ।

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु