गृहपृष्ठ नेप्से २० अंकले बढ्यो, ५२ करोडको कारोबार
नेप्से २० अंकले बढ्यो, ५२ करोडको कारोबार
सेयर बजार परिसूचक नेप्से मंगलबार २० अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २०.३३ अंके बढेर ११६३.२६ अंकमा उक्लिएको हो । नेप्सेको यो वृद्धि १.७८ प्रतिशत हो ।
नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । मंगलबार १७६ कम्पनीको ५२ करोड ७७ लाख रुपैयाँबराबरको १९ लाख ५४ हजार ५६ कित्ता सेयर किनबेच भएको छ । यो रकम सोमबारको तुलनामा १२ करोड बढी हो । सोमबार ४० करोड २८ लाख रुपैयाँबराबरको १३ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको थियो ।
करिब एक सातायता सेयर बजार लगातार उकालो लागेको छ । ११ सयको न्यूनतम विन्दुमा पुगेर बढ्न थालेको बजार एक साताको अवधिमा ६३ अंकले बढिसकेको छ ।
प्रकाशित समय १६:२६ बजे

















