गृहपृष्ठ सेयर बजारमा १४ अंकको वृद्धि, १ अर्बको कारोबार
सेयर बजारमा १४ अंकको वृद्धि, १ अर्बको कारोबार
सेयर बजार परिसूचक नेप्से मंगलबार १४ अंकले बढेको छ । व्यापारबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १४.१२ अंकले बढेर १३१५.४५ अंकमा पुगेको हो ।
मंगलबार १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँमा कारोबार भएको छ । बैंकिङ १४.१४, होटल १७.५७, विकास बैंक ११.६०, जलविद्युत् २.५९, वित्त २.६९, निर्जीवन बिमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, लघुवित्त ९.५०, जीवन बिमा ४३.०८ र सामूहिक कोष समूह ०.०९ अंकले बढेका छन् ।
मंगलबार राष्ट्रिय बिमा कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै, राष्ट्रिय बिमा कम्पनीका संस्थापक सेयरधनीले ९.९९, शिवम् सिमेन्ट ९.८६, भार्गव विकास बैंक ८.१५, कृषि विकास बैंक ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.१४, ओरियन्टल होटल ६.४२ र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका सेयरधनीले ६.०३ प्रतिशतले कमाए ।
प्रकाशित समय १६:५० बजे

















