गृहपृष्ठ आगामी वर्षको बजेटलाई सेयर बजारको स्वागत

आगामी वर्षको बजेटलाई सेयर बजारको स्वागत

share-bazar-wednesday-newskarobar

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटलाई सेयर बजारले स्वागत गरेको छ । बजेट सार्वजनिक हुने दिन सेयर बजार ८ अंकले उकालो लागेको छ भने ९० करोडको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत व्यापार र जीवन बिमाबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ८.३९ अंकले बढेर १३१३.८८ अंकमा पुगेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३.७१ प्रतिशतले बढ्यो ।

बुधबार १७३ कम्पनीको ९० करोड रुपैयाँबराबरको २६ लाख २८ हजार ४२० कित्ता सेयर किनबेच भएको छ । बुधबार शिवम सिमेन्टको मात्रै २० करोडको सेयर किनबेच भयो । हिमालयन डिस्टिलरी, स्पर्श लघुवित्त र हिमालयन ऊर्जा विकासका लगानीकर्ताले बुधबार ९ प्रतिशतभन्दा धेरैले आम्दानी बढाएका छन् ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु