गृहपृष्ठ नेप्से घट्दा पनि यी ५० कम्पनीका लगानीकर्ताले कमाए
नेप्से घट्दा पनि यी ५० कम्पनीका लगानीकर्ताले कमाए
सेयर बजार परिसूचक नेप्से बुधबार सामान्य घटेको छ । बुधबार ३.५० अंकले ओरालो लागेर नेप्से परिसूचक १२७२.४८ अंकमा बन्द भएको हो । कारोबार सुरु हुँदा उकालो लागेको सेयर बजार १ः३० बजेदेखि घट्न थालेको थियो । त्यसपछि अन्तिम एक घण्टा बढेको नेप्से अन्तिममा राताम्य भएर बन्द भएको छ ।
बुधबार १७४ कम्पनीको कारोबार हुँदा ५० कम्पनीको कारोबार बढेको छ भने ९२ कम्पनीको घटेको छ । ३२ कम्पनीको सेयर मूल्य घटबढ भएन । मंगलबारको तुलनामा कारोबार रकम २ करोडले बढेको छ । आज ५० करोड २६ लाख रुपैयाँमा १८ लाख ७१ हजार ८०९ कित्ता सेयर किनबेच भएको हो । मंगलबार ४८ करोडको सेयर कारोबार भएको थियो ।
व्यापार, होटल तथा अन्य समूहको सूचक बढे पनि बाँकी सबै समूहको सूचक घटेका छन् । सबैभन्दा धेरै व्यापारको ४.६४ प्रतिशतले बढेको छ । बुधबार साल्ट ट्रेडिङको मूल्य ४४ रुपैयाँले बढेर ४८४ रुपैयाँमा पुगेको छ । मंगलबार नेप्से झिनो अंकले बढेको थियो ।
प्रकाशित समय १८:०० बजे

















