गृहपृष्ठ नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि

stock-wednesday-newskarobar

केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २.७५ अंकले बढेर १२४८.४८ अंकमा पुग्दा विकास बैंक र जलविद्युतबाहेकका सबै समूहको सूचक बढेको छ ।

बुधबार कारोबारमा आएका १७२ कम्पनीको ११ लाख ३६ हजार ६३९ कित्ता सेयर ३६ करोड ८६ लाख ४५ हजार ६६९ रुपैयाँमा खरिद–बिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार सूचक बढे पनि कारोबार रकम भने ६ करोडले घटेको छ । मंगलबार ९.३४ अंकले घटेको बजारमा ४५ करोडको सेयर कारोबार भएको थियो ।

बुधबार नेपाल एग्रो लघुवित्तको १० प्रतिशत र गुराँस लघुवित्तको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबारमा आएको पहिलो दिनमै घटेको सान्जेन जलविद्युतको सेयर बुधबार पनि ९ प्रतिशतले घटेको छ ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु