गृहपृष्ठ सेयर बजारमा विद्युतीय र मोबाइल बैंकिङ कारोबारको सीमा हट्यो

सेयर बजारमा विद्युतीय र मोबाइल बैंकिङ कारोबारको सीमा हट्यो

Nepal-Rastra-Bank-newskarobar

नेपाल राष्ट्र बैंकले सेयर बजारमा विद्युतीय र मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा हटाएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र गरी विद्युतीय र मोबाइल बैंकिङ प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको हो ।

यससँगै मोबाइल बैंकिङमा दैनिक १ लाख र मासिक १० लाख रुपैयाँसम्म कारोबारको सीमा हटेको छ । इन्टरनेट बैंकिङको मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख रुपैयाँ र मासिक ३० लाख रुपैयाँ तथा अकाउन्ट ट्रान्सफरमा दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको सीमा पनि हटेको छ ।

कोरोनाभाइरसबाट हुने कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयमा कारोबार गर्न समस्या भएको भन्दै धितोपत्र बोर्डले कारोबारको सीमा हटाउन राष्ट्र बैंकसँग आग्रह गरेको थियो ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु