गृहपृष्ठ नेप्सेमा झिनो गिरावट, सात उपसमूहको सेयर ओरालो

नेप्सेमा झिनो गिरावट, सात उपसमूहको सेयर ओरालो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको नेप्से थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ अंकले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कुल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता सेयर दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो ।

यस्तै बजार पूँजीकरण भने बढेर २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर उकालो लागेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ । होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ अंकले बढेको छ । बैंकिङ ३.८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बिमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बिमा ८१.३४ ले घटेको छ ।

कारोबारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा १४ करोड ९१ लाख बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर ११ करोड ७३ लाख ६३ हजार ५०७, अरुण भ्याली हाइड्रोपावर १० करोड ७० लाख ३० हजार, कुमारी बैंक नौ करोड ८९ लाख एक हजार ९९०, नेपाल बैंक लिमिटेड नौ करोड ८३ लाख १८ हजार ६२४, हिमालयन डिस्टिलरी नौ करोड पाँच लाख ३६ हजार ५०७ र अपि पावर कम्पनी आठ करोड तीन लाख सात हजार ९९७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै कारोबारका आधारमा रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका लगानीकर्ताले समान रुपमा १०/१० प्रतिशतले कमाए । नेपाल फाइनान्स कम्पनी ९.२४, रिडी हाइड्रोपावर ७.६९, हिमाल दोलखा हाइड्रोपावर ७.६३, लुम्बिनी विकास बैंक ६.७० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३६ प्रतिशतले कमााए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ७.१९, उन्नती सहयात्रा लघुवित्त ४, तारागाँउ रिजेन्सी होटल ३.८० र शिवम सिमेन्टका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु