गृहपृष्ठ सेयर बजार बढ्यो, पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सेयर बजार बढ्यो, पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सेयर बजार परिसूचक नेप्से मंगलबार ५ अंकले बढेको छ । बैंक र विकास बैंकबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से ५.४ अंकले बढेर १६४३.०३ अंकमा उक्लिएको हो ।
मंगलबार १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर २ अर्ब २३ करोड ७९ लाख रूपैयाँमा किनबेच भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त, पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सर्वाधिक मूल्यको कारोबार हुनेमा नेपाल टेलिकम, एनआईसी एसिया, प्राइम कमर्सियल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, शिवश्री हाइड्रोलगायत कम्पनी छन् । मंगलबार ५० कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
प्रकाशित समय १९:०८ बजे

















