गृहपृष्ठ नेप्सेमा झिनो गिरावट, २०२ कम्पनीका ५६ लाख कित्ता सेयर किनबेच

नेप्सेमा झिनो गिरावट, २०२ कम्पनीका ५६ लाख कित्ता सेयर किनबेच

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ अंकले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ अंकले घटेर ३२६.४९ मा ओर्लेको छ । कूल २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर उकालो लाग्दा सात उपसमूहको सेयर भने ओरालो लागेको छ । व्यापार २५.३१, होटल ४.६७, जलविद्युत् १.५८, अन्य ५.३९ र सामूहिक लगानी कोष ०.०१ अंकले उकालो लागेको छ । यस्तै, बैंकिङ ३.०४, विकास बैंक ११.४२, वित्त २.८८, निर्जीबन बिमा ८८.६८, उत्पादन ०.११, लघुवित्त ३.६६ र जीवन बिमा १२.६७ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज प्राइम बैंक नौ करोड पाँच लाख ३३ हजार ४३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, अरुण काबेली पावर आठ करोड २४ लाख ६५ हजार ९७७, नेपाल दूरसञ्चार कम्पनी सात करोड ५७ लाख ४७ हजार ३४५, अपि पावर कम्पनी पाँच करोड ११ लाख ६१ हजार ७९८, गुराँस लाइफ इन्स्योरेन्स चार करोड ९० लाख २३ हजार ५६१ र एचआइडिसिएल चार करोड ३३ लाख ९६ हजार ९१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी १०, सानिमा जनरल इन्स्योरेन्स ९.९७, कालिका पावर कम्पनी ६.९५, पाँचथर पावर कम्पनी ६.४०, नेपाल ल्यूब आयल ४.५२ र सारथी नेपाल लघुवित्तका सेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै, शिवश्री हाइड्रोपावर ५.१७, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर ४.१९, कामना सेवा विकास बैंक ३.७८, समिट लघुवित्त २.७६ र राष्ट्रिय बिमा कम्पनीका सेयरधनीले २.५५ प्रतिशतले गुमाए ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु