गृहपृष्ठ ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिँदै भने, ‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस् ।’

अर्थमन्त्री पौडेलले पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको उल्लेख गर्दै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । उनले पुँजीबजारको विकासका लागि चालू वर्षको बजेटमा उल्लिखित कार्यहरु समयमै सम्पन्न गर्न भन्दै ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्नसमेत मातहत निकायलाई निर्देश गरेका छन् ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना र रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको उपस्थिति थियो ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु