गृहपृष्ठ सेयर बजारमा राजनीतिक प्रभाव, ९६ अंकको गिरावट
सेयर बजारमा राजनीतिक प्रभाव, ९६ अंकको गिरावट
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै ओरालो यात्रा सुरु गरेको सेयर बजार आइतबार ९६ अंकले ओरालो लागेको छ । कारोबार खुलेसँगै लगातार घट्न थालेको बजार केहीबेरपछि बढे पनि टिक्न सकेन ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा अढाइ बजेतिर संसद विघटन गरेसँगै अन्तिम २५ मिनेटमै सेयर बजार ४३ अंकले घटेर १९७८ बाट १९३५ अंकमा झर्यो । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि नेप्से परिसूचक ९६.८८ अंकले घटेर १९३५.६३ अंकमा झरेको छ ।
आइतबार १९८ कम्पनीको १ करोड ४५ लाख ९ हजार ५३३ कित्ता सेयर ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँमा किनबेच भएको छ । घटेको बजारमा पनि १४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । युनाइटेड हाइड्रोपावर, एभरेस्ट इन्स्योरेन्सको संस्थापक सेयर, माहुली सामुदायिक लघुवित्त, सनराइज फर्स्ट म्युचुअल फन्ड, बेस्ट फाइनान्स, हिमालयन डिस्टिलरीलगायत कम्पनीका लगानीकर्ताले कमाएका हुन् ।
प्रकाशित समय १५:३० बजे

















