गृहपृष्ठ उर्लियो सेयर बजार, बैँक समूहमा लगानीकर्ता आकर्षित
उर्लियो सेयर बजार, बैँक समूहमा लगानीकर्ता आकर्षित
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार उछाल आएको छ । राजनीतिक अन्योलका बीच न्यून ब्याजको फाइदा उठाउँदै लगानीकर्ताले सेयर बजारमा पैसा खन्याएपछि बजार उर्लिएको हो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बजार ९६ अंकले घटेको थियो । सोमबार सम्हालिएर बढेको बजार मंगलबार ९५ अंकले उकालो लागेको छ । नेप्सेमा सूचीकृत सबै समूह बढेपछि बजार ९५.४६ अंकले उकालो लागेर २०६१.४१ अंकमा उक्लिएको छ ।
बढेको बजारमा लगानीकर्ताले छानीछानी सेयर किनेका छन् । नेप्सेमा सूचीकृत धेरै समूह बढिसक्दा पनि तलै रहेको बैँक समूहमा मंगलबार लगानीकर्ताको आकर्षण देखिएको छ । मंगलबार बैँक समूह ४.८२ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार, जलविद्युत, विकास बैँक, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समूह पनि उल्लेख्य बढेका छन् । बाँकी समूहको वृद्धि सामान्य छ ।
मंगलबार २०५ कम्पनीको १ करोठ २७ लाख १७ हजार १४६ कित्ता सेयर ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार रूपैयाँबराबरमा किनबेच भएको छ ।
बढेको बजारमा शिखर इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, नबिल बैँक, नेपाल लाइफ इन्स्योरेसन्स, साञ्जेन जलविद्युत, एनआईसी एसिया, माथिल्लो तामाकोशी, रसुवागढी हाइड्रो, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनसीसी बैँक र राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको नबिल बैँकको सेयर १२३ रुपैयाँ प्रतिकित्ता बढेर १३५४ रूपैयाँ पुगेको छ ।
प्रकाशित समय १५:४३ बजे

















