गृहपृष्ठ सेयर बजारमा उच्च वृद्धि, ५० कम्पनीका लगानीकर्ताले कमाए
सेयर बजारमा उच्च वृद्धि, ५० कम्पनीका लगानीकर्ताले कमाए
सेयर बजार परिसूचक नेप्से बुधबार ४९ अंकले बढ्दा ५० कम्पनीका लगानीकर्ताले कमाएका छन् । होटल र विकास बैँकबाहेकका सबै समूह बढ्दा नेप्से ४९.१७ अंकले बढेर २०६२.०६ अंकमा उक्लिएको छ ।
नेप्से २.४४ प्रतिशत बढ्दा साल्ट ट्रेडिङको मूल्यमा सर्किट लागेको छ भने नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, एभरेस्ट बैँकको कन्भर्टिबल प्रिफरेन्स सेयर तथा मल्टीपर्पोज फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बुधबार २०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता सेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । सबैभन्दा धेरै व्यापार समूह ९.४५ प्रतिशत बढ्दा उत्पादनमूलक ६.८३, अन्य ४.६८, लघुवित्त २.६६ र बैँकिङ २.०१ प्रतिशतले बढेको छ ।
शिवम् सिमेन्टको सर्वाधिक ३४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भयो । त्यस्तै एनआईसी एसियाको ३२ करोड २३ लाख र हिमालयन डिस्टिलरीको २८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रकाशित समय १५:१९ बजे

















