गृहपृष्ठ सेयर बजार बढ्यो, बजार पुँजीकरण ३० खर्बनजिक

सेयर बजार बढ्यो, बजार पुँजीकरण ३० खर्बनजिक

सेयर बजार परिसूचक नेप्से बुधबार उकालो लागेको छ । व्यापार र जलविद्युतबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १३.०७ अंकले बढेर २१७८.५७ अंकमा उक्लिएको हो ।

दुई दिनपछि बढेको बजारमा लगानीकर्ताले २०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर ४ अर्ब ४२ करोड ५४ लाख रूपैयाँबराबरमा खरिद गरेका छन् । यो रकम मंगलबारको तुलनामा केही कम हो । मंगलबार ४ अर्ब ५६ करोड ६३ लाख रूपैयाँबराबरको सेयर कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार ८८ अंकले बढेको बजार सोमबार ६ र मंगलबार ३ अंकले घटेको थियो ।

बुधबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैँकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैँक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २१ करोडको सेयर किनबेच भयो । त्यस्तै शिखर इन्स्योरेन्सको २० करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको १७ करोड र नेपाल टेलिकमको १५ करोडको कारोबार भएको छ । नेप्से १३ अंकले बढ्दा कुल बजार पुँजीकरण २९ खर्ब ३४ अर्ब नाघेको छ ।

प्रकाशित समय १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु