गृहपृष्ठ नेप्से २८ अंकले बढ्यो, ८ कम्पनीको मूल्यमा उछाल

नेप्से २८ अंकले बढ्यो, ८ कम्पनीको मूल्यमा उछाल

सेयर बजार परिसूचक नेप्से मंगलबार २८ अंकले बढेको छ । व्यापारबाहेकका सबै समूह उकालो लागेपछि नेप्से परिसूचक २८.३१ अंकले बढेर २२६७.७३ अंकमा उक्लिएको हो ।

नेप्से बढ्दा ८ कम्पनीको मूल्यमा उछाल आएको छ । आईएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैँक, युनाइटेड फाइनान्स, अप्पर तामाकोशी, प्रभु लाइफ, समृद्धि फाइनान्स र गुर्खाज फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा नारायणी डेभलपमेन्ट बैँक र मल्टीपर्पोज फाइनान्स पनि परेका छन् ।

मंगलबार २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार ८९७ कित्ता सेयर ४ अर्ब ९८ करोड रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम सोमबारको भन्दा कम हो । सोमबार ५ अर्ब ५२ करोडको सेयर कारोबार भएको थियो ।

आज सर्वाधिक प्रिमियर इन्स्योरेन्स कम्पनीको २९ करोड ६ लाखको सेयर कारोबार भएको छ । त्यस्तै प्रभु बैँकको १६ करोड ८ लाख, अप्पर तामाकोशीको १५ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५५ लाख र नेसनल लाइफ इन्स्योरेन्सको १४ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो साता तीन दिनमै सेयर बजार ७३ अंकले बढिसकेको छ । साताको पहिलो दिनदेखि लगातार नेप्से बढिरहेको छ । नेप्से आइतबार ४१, सोमबार ३ र मंगलबार २८ अंकले उकालो लागेको छ ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु