गृहपृष्ठ उर्लियो नेप्से, ३७ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार

उर्लियो नेप्से, ३७ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार

सेयर बजार परिसूचक नेप्सेमा सोमबार उछाल आएको छ । आइतबार अंकले घटेको बजार सोमबार ९२ अंकले उकालो लागेको हो । बजार उचालिँदा ३७ कम्पनीको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । ११ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्से ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा उक्लिएको छ ।

सोमबार नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेका छन् । लघुवित्त समूह सर्वाधिक ८.७४ प्रतिशतले बढेको छ । त्यस्तै बैँक ३.२१, व्यापार २.४८, होटल १.१७, विकास बैँक १.९१, जलविद्युत ३.३९, वित्त २.९६, निर्जीवन बिमा ३.४५, उत्पादनमूलक २.७७, अन्य ३.१५, जीवन बिमा ३.८६ र म्युचुअल फन्ड समूह १.४५ प्रतिशतले बढेका छन् ।

कुल २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा ४ अर्ब धेरै हो । आइतबार ६ अर्ब ९२ करोडको सेयर कारोबार भएको थियो । सोमबार सर्वाधिक मूल्य बढ्नेमा लघुवित्तको वर्चस्व छ भने सर्वाधिक मूल्यको कारोबार हुनेमा बैँक समूह अगाडि छन् ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु