गृहपृष्ठ सेयर बजारमा २२ अंकको वृद्धि, नेप्से १३ सयनजिक
सेयर बजारमा २२ अंकको वृद्धि, नेप्से १३ सयनजिक
सेयर बजार परिसूचक नेप्से २२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत अन्यबाहेकका सबै समूहमा उछाल आएपछि समग्र बजार परिसूचक २२.३७ अंकले उकालो लागेर १२८० अंकमा पुगेको छ ।
आइतबार नेप्से २.६१ अंकले बढेको थियो । डेढ महिनाको अवधिमा नेप्से परिसूचक एक सय अंकभन्दा धेरैले बढिसकेको छ ।
सेयर बजारसँगै कारोबार रकम पनि ४२ करोडले बढेको छ । आइतबार ६९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा मंगलबार एक सय ७३ कम्पनीको ४४ लाख १७ हजार २३० कित्ता सेयर एक अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको हो । यसले बजारमा सेयर खरिद चाप बढेको संकेत गर्छ ।

मंगलबार सबैभन्दा धेरै बैंकिङ समूह २.६७ प्रतिशत र विकास बैंक समूह २.४९ प्रतिशत बढेका छन् । व्यापार, होटल, जलविद्युत, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक, लघुवित्त र जीवन बिमा समूह उल्लेख्य बढेका छन् ।
बढेको बजारमा भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंक, साइन रेसुंगा विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । प्रभु बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, जनता बैंकलगायत कम्पनीको सेयर बढी कारोबार भएको छ ।
प्रकाशित समय १८:१७ बजे

















