गृहपृष्ठ सेयर बजार निरन्तर ओरालो, आइतबार १३ अंकले घट्यो
सेयर बजार निरन्तर ओरालो, आइतबार १३ अंकले घट्यो
गत साताभरमा ४० अंकले घटेको सेयर बजार यो साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले घटेको छ । उत्पादनमूलक र अन्यबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक १३.०१ अंकले घटेर १२१४.३६ अंकमा झरेको छ ।
आइतबार बैंक १.२५, होटल २.०२, विकास बैंक १.४४, जलविद्युत् ०.२, वित्त ०.९७, निर्जीवन बिमा १.७८, लघुवित्त १.२७ र जीवन बिमा समूह ०.९७ प्रतिशतले घटेको छ । उत्पादनमूलक र अन्य समूहमा झिनो अंकको वृद्धि आएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्न थालेको छ । आइतबार १६० कम्पनीको ४० करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ३७ हजार ५२६ कित्ता सेयर किनबेच भयो ।
प्रकाशित समय १५:४६ बजे

















