गृहपृष्ठ नेप्से १३ अंकले घट्यो, कारोबार रकममा दोब्बर वृद्धि

नेप्से १३ अंकले घट्यो, कारोबार रकममा दोब्बर वृद्धि

share-bazar-sunday18-newskarobar

साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से १३ अंकले घटेको छ । अन्यबाहेकका सबै समूह आरोलो लागेपछि समग्र बजार परिसूचक १३.७ अंकले घटेर १२०७.२८ अंकमा झरेको हो ।

नेप्से घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । आइतबार १५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम बिहीबारको भन्दा झन्डै अढाइ गुणा बढी हो । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार २४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

घटेको बजारमा पनि समता माइक्रोफाइनान्स, साइन रेसुंगा डेभलपमेन्ट बैंक, आरम्भ माइक्रोफाइनान्स लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित समय १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु