गृहपृष्ठ भदौ १६ देखि उडान भर्न नपाए आन्दोलन गर्ने वायु सेवा सञ्चालक संघको चेतावनी
भदौ १६ देखि उडान भर्न नपाए आन्दोलन गर्ने वायु सेवा सञ्चालक संघको चेतावनी
नेपाल वायु सेवा सञ्चालक संघ (आयोन)ले भदौ १६ गतेदेखि पनि उडान भर्न नपाए आन्दोलन गर्ने चेतावनी दिएको छ । सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर भदौ १ गतेदेखि उडान तयारी गरिरहेको अवस्थामा कोभिड १९ संक्रमण बढेको भन्दै सरकारले १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय लिएपछि आयोनले विज्ञप्ति जारी गरी १६ गतेदेखि पनि उडान भर्न नपाए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
‘सबै वायुसेवा कम्पनीहरू सुरक्षित उपाय अवलम्बव गरी उडानका लागि तयार हुँदाहुँदै देशमा अप्रत्यासित रुपमा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकाले सरकारले १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको निर्णयबाट बाढी, पहिरो, अशक्त बिरामी, सुत्केरीलगायतको उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेको छ, हवाई सेवा लामो समय बन्द हुँदा हवाई क्षेत्रमा आश्रित दसौं हजार श्रमिकको आयस्रोत र आश्रित परिवारको रोजिरोटी बन्द हुनुका साथै हवाई उद्योग नै धराशयी बन्दै गइरहेका छन् ।’
आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने र सरकारबाट संक्रमण परिक्षण गर्न चाहेको खण्डमा एकै ठाउँमा सम्भव हुने तथा टिकेटिङ सिस्टमबाट यात्रुको कन्ट्याक्ट ट्रेसिङ पनि क्षणभरमै गराउन सकिने भएकाले वायु सेवा उडान रोक्नु नपर्ने आयोनको जिकिर छ ।
प्रकाशित समय १४:४८ बजे

















