गृहपृष्ठ राेजगारका लागि विदेश जाने युगको अन्त्य हुन्छ : सिलवाल
राेजगारका लागि विदेश जाने युगको अन्त्य हुन्छ : सिलवाल
नेकपा केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवालले विश्वमा क्षमता प्रदर्शन गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । हाडिगाँउस्थित सेन्ट जर्ज विद्ययलयको अभिभावक दिवसको अवसरमा उत्पादन मूलक क्षेत्रमा योगदान पुर्याउने विद्यार्थी देशका लागि आवश्यक रहेको बताए ।
सदस्य सिलवालले दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । प्रदेशसभा सदस्य सिलवालले रोजगारका अवसर सृजना गर्ने शिक्षा नीति बनाएर रोजगारका लागि विदेश जाने युगको अन्त्य गर्नुपर्ने बताए ।
विदेशको ४५ डिग्री तापक्रममा काम गर्नुपर्ने दिनको अन्तयका लागि सरकारले काम गरिरहेको उनको भनाइ छ । उच्च शिक्षाको लागि विदेश गएपनि पछि स्वदेश फर्किएर देशको सेवामा लाग्न प्रदेशसभा सदस्य सिलवालले विद्यार्थीहरुलाई आग्रह गरे । क्षेत्र नम्बर ५ मा रहेको सांस्कृति सम्पदाको निर्माणका लागि तीनै तहको सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष प्रहलाद दाहालले विद्यार्थीहरुले आफ्नो प्रतिभालाई लुकाएर राख्न नहुने बताए । विद्यार्थीको रुची अनुसारको शिक्षा दिनु पर्नेमा जोड दिनुपर्ने बताउँदै उनले खेलकुद, गायन, नृत्य जे क्षमता छ त्यो विद्यार्थीले प्रस्फुटन गर्नुपर्ने बताए ।
विश्वलाई चिनाउन सक्ने खेल क्षेत्रलाई पनि विद्यालयले प्राथमिता दिनुपर्ने उनको भनाइ छ ।प्रधानाध्यापक मेघराज बजगाँईले बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी विद्यालयले बर्सेनि उत्पादन गरिरहेको बताए । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले जोड दिने गरेको बताउँदै उनले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले थप मेहनत गर्ने बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक कमलबहादुर खड्का, चेतबहादुर कोइराला, अनिता पौडेल, हर्षदेवी मानन्धर र जगन्नाथ श्रेष्ठलाई सम्मामन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशक मनोज दाहाल, अभिभावक संघका उपाध्यक्ष सुभाष भण्डारी, आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिना र गायिका कुन्ती मोक्तानले पनि आफ्नो धारणा राखेका थिए ।
प्रकाशित समय १३:४५ बजे

















