गृहपृष्ठ काठमाडौंमा बर्डफ्लू, २८ हजार कुखुरा नष्ट

काठमाडौंमा बर्डफ्लू, २८ हजार कुखुरा नष्ट

काठमाडौंमा बर्डफ्लू भेटिएको छ । तारकेश्वर र टोखा क्षेत्रमा रहेका कुखुरामा बर्डफ्लू भेटिएको पशुसेवा विभागले जनाएको छ । तारकेश्वर ७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको हो ।

विभागका अनुसार मान्छेमा समेत सर्न सक्ने एच फाइभ एन वान र एच फाइभ एन एट प्रकारको रहेको छ । बर्डफ्लू संक्रमति २८ हजार कुखुरा नष्ट गरिएको छ । काठमाडौंका अन्य ठाउँमा पनि अनुगमन गर्ने विभागले जनाएको छ ।

बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे वरपरका ठाउँमा पनि अनुगमन गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिइन् ।

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु