गृहपृष्ठ एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४ लाख ७५ हजार सामेल हुँदै
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४ लाख ७५ हजार सामेल हुँदै
यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएका छ । आगामी आइतबारखेदि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएकाे हाे रीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा हुने अनियमितता रोक्न एवं यसलाई मर्यादित र व्यवस्थित बनाउन विगत वर्षहरु जस्तै यस वर्ष पनि सम्पूर्ण स्रोत परिचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यलयले गरेपनि आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापन भने यस वर्षदेखि प्रदेश सरकारले गरेको हो । एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन ।
जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको सम्पूर्ण विवरण अनलाईनमार्फत राख्ने प्रणाली सुरु गरेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्र छुट्याईएको छ । काठमाडौंमा यस वर्ष १६ केन्द्र थपिएको छ । एउटा परीक्षा केन्द्रमा ४ सय भन्दा बढी विद्यार्थी हुँदा परीक्षा सञ्चालन गराउन समस्या भएकाले परीक्षा केन्द्र थप गरिएको परीक्षा नियन्त्रक अधिकारीले बताए ।
परीक्षा सञ्चालनका लागि लाग्ने जनशक्ति, परीक्षा गराउन लाग्ने खर्च र अनुगमनको लागि प्रदेश तहमा यस वर्ष करिब ३४ करोड रकम पठाईएको छ । परीक्षा गराउने र कपी परीक्षण भने परीक्षा नियन्त्रण कार्यलयवाट हुनेछ जसको लागि २४ करोड रकम छुट्याईएको छ । परीक्षाा
प्रकाशित समय १७:०४ बजे

















