गृहपृष्ठ सगरमाथामा ३ सय शव अलपत्र
सगरमाथामा ३ सय शव अलपत्र
विश्वकै सर्वोच्च शिखर सगरमाथामा झन्डै ३ सय बढी आरोहीका शवहरु अलपत्र छन् । हिमालन डाटाबेसका अनुसार सन् १९२१ देखि सन् २०१७ सम्म २९६ जनाको मृत्यु भइसकेको छ । यसअनुसार औसतमा प्रतिवर्ष ४ जना आरोहीको मृत्यु हुने गरेको छ ।
यीमध्ये एक तिहाइभन्दा कम आरोहीको मात्र आरोहीको मात्र शव निकाल्न सकिएको अनुमान छ । सगरमाथाको बाल्कोनीभन्दा (८३०० मिटर) मुनि र बालकोनी (८४०० मिटर) भन्दा माथि २० वर्ष अघिदेखिका शव अलपत्र भएको आरोहीहरू बताउँछन् ।
सगरमाथामा रहेका शवहरूमध्ये ६३ प्रतिशत शव नेपालतिर छन् भने ३७ प्रतिशत शवहरू तिब्बततर्फका मोहडामा छन् ।
सर्वाधिक धेरै सन् २००० देखि २०१७ का बीचमा औसतमा ६.५ जना आरोहीहरूको मृत्यु भएको विवरणमा उल्लेख छ । सन् २०१४ र २०१५ मा हिमपहिरो जाँदा एकै पटक २९ जना शेर्पाहरूको मृत्यु भएको थियो, यीमध्ये १५ जनाको सन् २०१४ मा र १४ को सन् २०१५ मा मृत्यु भएको थियो । यो नै अहिलेसम्मको सर्वाधिक धेरैको मृत्यु भएको हो ।
गत वर्ष (सन् २०१८)मा पाँच जनाको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हिमालयन डाटाबेसले उल्लेख गरेको छ। बढ्दो मृत्युदरसँगै हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता बढ्दै गएको छ ।
आरोहणका क्रममा लेक लागेर (हाइअल्टिच्युट सिकनेस), अक्सिजन सकिएर, बाटो भुलिएर, हिम पहिरोमा परेर र खर्भास (हिम खोंच)मा खसेर, चिप्लिएर, अकस्मात मुटुले काम नगरेर, हिउँको चिसोले कठांग्रिएर (हाइपोथर्मिया) र हराएर आरोहीहरूको मृत्यु हुने गरेको एभरेष्ट एक्सपिडिसनमा संलग्न आरोही शेर्पाहरू बताउँछन् ।
सगरमाथामा भएको २०८ मृत्युमध्ये १६८ मृत्यु अक्सिजनको प्रयोग नगरेको कारण भएको अध्ययनमा उल्लेख गरिएको छ । यीमध्ये १२० जनाको आरोहणको रुट बनाउँदा बनाउँदै कारण मृत्यु भएको हिमालन डाटाबेसले उल्लेख गरेको छ ।
यद्यपि हालसम्म १५१ जनाले बिनाअक्सिजन सगरमाथाको सगरमाथाको आरोहण प्रयास गरिसकेका छन्, जसमध्ये ११ जनाको मात्र मृत्यु भएको छ । यीमध्ये अधिकांश शेर्पाहरू रहेका थिए ।
शव ल्याउन कठिनाइ
सगरमाथाका अप्ठ्यारा भीर, खोंच र गुफाहरूमा फसेका शबहरू ल्याउन कठिनाइ भएकाले सन् १९२२ देखिकै शवहरू हिमालमा अलपत्र छन् । अहिले उत्तरी मोहडा अर्थात तिब्बततर्फ रहेका शवहरू झिक्न थालिए पनि नेपालतर्फको मोहडामा रहेका शवहरू अझै अलपत्र छन् ।
विगत केही वर्षदेखि सगरमाथाको सफाइ चलिरहे पनि त्यहाँ रहेका शवहरू हटाउन सजिलो छैन । माथिल्ला शिखरहरूमा अलपत्र शवहरू निकाल्नका लागि महँगो पर्ने भएकैले यसमा अग्रसरता नदेखाइएको एक्सपिडिसन सञ्चालकहरूले बताएका छन् । केही समयअघि तल्ला शिविरहरूतिरका केही शव भने झिकिएको थियो।
हिमनदी पग्लिँदा बाहिर निस्किए
यसैबीच, हिमनदी पग्लिन थालेपछि सगरमाथामा मृत आरोहीका शव देखा पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण हिउँ पग्लन सुरु भएसँगै सगरमाथामा मृतआरोहीका शव बाहिर निस्कन थालेका हुन्, यद्यपि ती शव झिकेर तल ल्याउन भने निकै समस्या रहेको विज्ञहरू बताउँछन ।
प्रकाशित समय १८:११ बजे

















