गृहपृष्ठ एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छानबिन गर्ने भएको छ । प्रदेश नम्बर २ मा दैनिक प्रश्नपत्र बाहिरिएपछि शुक्रबार बसेको एसईई परीक्षा सुरक्षा समितिको बैठकले छानबिन गर्ने जिम्मा सिआईबीलाई दिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आकस्मिक बैठक बोलाएका थिए । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा दुवै दिनको एसईई परीक्षा रद्ध गरिएको छ ।

प्रश्नपत्र बाहिरिएलगत्तै दुई दिनको एसईई परीक्षा रद्ध भएपछि विद्यार्थीले भने प्रदेश २ का सबै जिल्लामा आन्दोलन गरेका छन् ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु