गृहपृष्ठ त्रिविले ट्रान्सक्रिप्ट २४ घण्टामै उपलब्ध गराउने
त्रिविले ट्रान्सक्रिप्ट २४ घण्टामै उपलब्ध गराउने
त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट २४ घण्टामा नै उपलब्ध गराउने भएको छ । स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र २४ घण्टामा नै उपलब्ध गराउने भएको हो ।
त्रिविले यसअघि शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको थियो ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले नयाँ वर्षदेखि सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी दिए ।
प्रकाशित समय १६:२५ बजे

















